यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८१ मङ्सिर २४ गते

१५ वर्षीया बालिकालाई मङ्सिर १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा रोशी गाउँपालिकाका ४२ वर्षीय बाबुलाई मङ्सिर २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा मङ्सिर १८ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी मिनबहादुर घलेले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १८ गते धुलिखेल अस्पतालमा गरिएको छ


सुमित्रा आचार्य