यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा-लेखनाथ मनपा-२४ का ६५ वर्षीय उमानाथ सुवेदीलाई फागुन २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले गत मङ्सिर ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गत पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

फरार रहेका आरोपितलाई गिरफ्तार गरी अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सई नरहरी पौडेलले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ०७४ पुस २ गते नै गरिएको थियो ।


सङ्गीता भाट