यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७३ कात्तिक ५ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढी गाविस-८ महनौरीका २२ वर्षीय  दर्शनकुमार मण्डल र १८ वर्षीय सञ्जिबकुमार मण्डललाई प्रहरीले कात्तिक ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वय सहित रामउदगार मण्डलले असोज ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

अर्का आरोपित सोही ठाउँका ३० वर्षीय रामउदगार मण्डल फरार रहेकाले उनके खोजी भइरहेको एसपी भिमप्रसाद ढकालले बताए ।

पीडित बालिकाको उपचार राजविराजस्थित अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही अस्पतालमा कात्तिक ४ गते गरिएको छ ।


मनोहरकुमार पोखरेल