यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८१ मङ्सिर १२ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खैरहनी नपा-६ का २२ वर्षीय निर्मल ढुङ्गानालाई मङ्सिर १० गते गिरफ्तार गरेको छ ।

पीडितले मङ्सिर १० गते इलाका प्रहरी कार्यालयमा दिएको उजुरीका अधारमा आरोपितलाई अनुसन्धानका लाग गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ११ गते भरतपुर अस्पतालमा गरिएको छ ।


दिपेन्द्र अधिकारी