यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८१ मङ्सिर ९ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई बालकले मङ्सिर ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मङ्सिर ७ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयकी इन्स्पेक्टर भगवती तिमल्सिनाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ७ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको छ ।


नातिबावु धिताल