यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८१ असोज १३ गते

१६ वर्षीया नातिनीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका-८ का ७० वर्षीय ज्येष्ठ नागरिकलाई गिरफ्तार गरेको छ ।

आरोपितले ०८१ जेठ १० गते यौन दुर्व्यवहार गरेको बारेमा पीडित बालिकाले ०८१ असोज ९ गते विद्यालयका शिक्षकलाई जानकारी गराइएकी थिइन् ।

पीडित बालिकाले घटनाका बारेमा शिक्षकलाई भनेपछि शिक्षकले आरोपितविरूद्ध असोज ९ गते इलाका प्रहरी कार्यालय, उर्लावारीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई असोज ९ गते अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्गलवारे अस्पताल, उर्लावारीमा असोज ९ गते गरिएको छ ।


विनोद सुवेदी