यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८१ भदौ २५ गते

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–३ का २३ वर्षीय रमेश चौधरी र २८ वर्षीय सुरेश चौधरीलाई ०८१ भदौ २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्धयले भदौ २२ गते घर बाहिर बोलाई ललाई फकाई जंगलमा लगेर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ २३ गते प्रहरीमा मौखिक जानकारी गराएपछि आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहको ईलाका प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्ण श्रेष्ठले बताउनु भयो ।

पीडित पक्षले आरोपितद्धय विरुद्ध भदौ २४ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा लिखित उजुरी दिनुभएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २४ गते प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको थियो । ।


लिली कुँवर