यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई विनय त्रिवेणी गाउँपालिका-४ शितलटारीका २५ वर्षीय दिपक बिकले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन ३ गते जिल्ला प्रहारी कार्यालय नवलपुरमा उजुरी दिएका छन् ।
पीडित बालिकालाई आरोपितले फागुन १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, नवलपुर कावासोतीमा उजुरी दिएका हुन् ।
पीडित पक्षले घटनाको उजुरी दिएको भएपनि आरोपित फरार रहकाले आरोपितको खोजी र घटनाको अनुसन्धान सुरू गरिएको कार्यालयका र्सइ प्रकाश सिम्खडाले जानकारी दिएका छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २ गते चितवनको भरतपुर जिल्ला अस्पतालमा गराइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…