यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

  ०८१ साउन १७ गते

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आठराई गाँउपालिका-६ का ५१ वर्षीय पदम कन्दङवाविरूद्ध साउन १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ साउन १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर प्रहृलाद खड्काले बताउनु भयो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितको खोजी थालिएको इन्स्पेक्टर खड्काले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १६ गते गरिएको छ ।


सुरेश खत्री