यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८१ साउन १४ गते

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पुरुषलाई ०८१ साउन १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी निरीक्षक जिवन श्रेष्ठले बताए ।

पीडितको स्वास्थ्य परीक्षण साउन १० गते पशुपति स्मृति अस्पताल चरिकोटमा भयो ।


उद्धव पाेखरेल