यौन दुर्व्यवहार घटनाका आरोपत गिरफ्तार

  ०८० असार २५ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सङ्खुवासभा स्थायी घर भई हाल कास्कीको मादी गाउँपालिका– १ सिकलेस बस्ने २६ वर्षीय आयुष तामाङलाई प्रहरीले असार २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई तामाङले असार २३ गते यौन दुर्व्यवहार गरेको भन्दै अधिकारकर्मीलाई जानकारी आएपछि इन्सेक, सिविन र गैर सरकारी संस्था महासंघका प्रतिनिधिहरुको पहलमा बालिकाका बुवाले असार २४ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिनुभयो ।

आरोपितलाई मौखिक उजुरीका आधारमा गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय कास्कीले पहिलो पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको डिएसपी वसन्त शर्माले जानकारी दिनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षण असार २३ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।


सन्जय रानाभाट