यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०८१ असार २५ गते

१६ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा कपिलवस्तु नगरपालिका-३, बरण्डीहवाका २२ वर्षीय अमरनाथ यादव विरुद्ध ०८१ असार २३ गते इलाका प्रहरी कार्यालय, तौलिहवामा उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले असार १८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, तौलिहवामा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीका आधारमा अनुसन्धान भइरहेको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर वलीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २० गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।


रीमा बिसी