यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

   ०८१ जेठ २९ गते

१२ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आठराई गाँउपालिका-३ का ६६ वर्षीय बाबुविरूद्ध जेठ २८ गते प्रहरीमा उजुरी दिएको छ ।

छोरीलाई ०८१ जेठ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा बालिकाकी आमाले सोही दिन प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २८ गते गरिएको छ ।


सुरेश खत्री