यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  २०८१ जेठ १७

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५६ वर्षीय शिक्षकलाई प्रहरीले ०८१ जेठ १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र रावलले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १५ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भयो ।


कुलबहादुर नेपाली