यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई प्रहरीले ०८० चैत २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत २९ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बर्दघाटका इन्स्पेक्टर भिमबहादुर कार्कीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २९ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भयो ।


नारायण पराजुली