यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा-१ का ३१ वर्षीय  धनबहादुर विकलाई माघ १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ १४ गते साँझ यौन दुर्व्यवहार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय, बुटवलमा माघ १५ गते उजुरी दिएको थियो ।

पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १५ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनाएको छ ।


रीमा बि.सी