यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले तामाकोसी गाउँपालिका–५ का ५२ वर्षीय ढालकाजी योगीविरूद्ध चैत ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले ०८० फागुन २० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जीवन श्रेष्ठले बताउनु भयो ।

उजुरीका आधारमा थप अनुुसन्धान  भइरहेको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको इन्स्पेक्टर श्रेष्ठले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ७ गते पशुपति स्मृति अस्पताल, चरिकोटमा गरिएको छ ।


उद्धब पोखरेल