यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका– ६ ढाँडगाउँका १९ वर्षीय विक्रम विकलाई प्रहरीले ०८० चैत २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०८० चैत २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितको आमाले सोही दिन दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आरोपित विरुद्ध चैत ३ गते जिल्ला अदालत गोरखामा बाल यौन दुर्व्यवहार कसुर शिर्षकमा मुद्दा दर्ता गरि म्याद थप अनुमति लिएर थप अनुसन्धन भइरहेको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २ गते गोरखा अस्पतालमा भएको थियो ।


हरिराम उप्रेती