यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८० फागुन १३ गते

७ र ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा गोरखा नगरपालिका– १४ सलाङ्गिरि का ५७ वर्षीय दलबहादुर विश्वकर्मालाई प्रहरीले ०८० फागुन १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाहरुलाई ०८० फागुन ९ गते यौन दुर्व्यवहार  गरेको भन्दै पीडित पक्षले फागुन १० गते दिएको उजुरीको आधारमा विश्वकर्मालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आरोपित विरुद्ध फागुन ११ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकाहरुको स्वास्थ्य परीक्षण फागुन १० गते गोरखा अस्पतालमा गरिएको छ ।


हरिराम उप्रेती