यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७३ कात्तिक २ गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोनपा-२ का ३० वर्षीय राजु सुनारलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई असोज २९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ३० गते गोरखा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती