यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८० फागुन ११ गते

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गण्डकी गाउँपालिका– २ का ३७ वर्षीय आशिष चेपाङलाई प्रहरीले फागुन ९ गते गिरफ्तार  गरेको छ ।

पीडित बालिकालाई फागुन ८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुवाले फागुन ९ गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले बताउनुभयो ।

बालिकालाई यौन  दुर्व्यवहार गर्न चेपाङलाई सहयोगी भुमिका खेलेको भन्दै सोहि ठाउँका २३ वर्षीय इश्वर चेपाङलाई पनि प्रहरीले फागुन ९ गते गिरफ्तार गरेको छ ।

आरोपित दुवै जना विरुद्ध फागुन १० गते जिल्ला अदालतमा बाल यौन गिरफ्तार कसुर शिर्षकमा मुद्दा दर्ता गरि घटनाको थप अनुसन्धान भइरहेको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ९ गते गोरखा अस्पतलामा भएको छ ।


हरिराम उप्रेती