यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मंगला गाउँपालिका– ३ बान्द्रेका ३० वर्षीय देविन खड्कालाई २०८० माघ ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई २०८० माघ २ गते राती यौन  दुर्व्यवहार  गरेको भन्दै पीडित पक्षले माघ ३ गते दिएको उजुरीको आधारमा खड्कालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर कुमार गुरुङले जानकारी दिनुभयो ।

आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको गुरुङले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण २०८० माघ ४ गते बेनी अस्पतालमा गरिएको छ ।


अमृतप्रसाद पौडेल