यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध मुद्दा दायर

  ०८० पुस १३ गते

२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोरु गाउँपालिका –९ खनायाका ३४ वर्षीय वीरेन्द्र मल्ल विरुद्ध पीडितले पुस ११ गते जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दायर गर्नु भएको छ ।

पीडितलाई आरोपितले पुस ३ गते पटक पटक राती फोन गरी यौन दुर्व्यवहार गरेको पीडितले बताउनु भयो । आरोपित सोरु गाउँपालिका शिक्षा शाखाका प्रमुख हुन ।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुर अन्तर्गत दफा २२४ अन्तर्गत  जिल्ला अदालतमा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी जयलाल बुढाले जानकारी दिनुभयो ।


सर्जन कुमार शाही