यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका-१ का ३६ वर्षीय सुरेश हरिजनलाई आरोपितको घरबाटै पुस २५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पुस २४ गते साँझ दुर्व्यवहार गरेको भनी पीडित महिलाले इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर पुरूसोत्तम रावतले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २५ गते नै भिम अस्पताल भैरहवामा गरिएको इन्स्पेक्टर रावतले बताए ।


रीमा बि.सी