यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८० मङ्सिर १७ गते

११ वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।

आरोपित विरुद्ध मङ्सिर १७ गते जिल्ला अदालत गोरखामा बाल यौन दुर्व्यवहार कसुर शिर्षकमा मुद्दा दर्ता गरि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १७ गते गोरखा अस्पतालमा गरिएको छ ।


हरिराम उप्रेती