यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका ४३ वर्षीय शम्शेर गुरुङलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकलाई आरोपितले ०८० कात्तिक १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्द कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयाे ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ११ गते गरिएको छ ।


तारानाथ फुयल