यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेका २० वर्षीय शिव श्रेष्ठलाई असोज २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० असोज २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकाकी हजुरआमाले असोज २१ गते प्रहरीमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर टिकाराज बरालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २१ गते गरिएको छ ।


तारानाथ फुयल