यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८० भदौ २९ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा–२ का ३५ वर्षीय धर्मेन्द्र गुप्तालाई भदौ २७ गते घरबाट गिरफतार गरेको छ ।

पीडितलाई आरोपितले भदौ  २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ २७ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका थिए ।

पीडितका अनुसार बुवा आमा रातको समयमा नजिकैको पसल कुर्न गएको र घरमा कोही नभएको बेला आरोपितले यौन दुर्व्यवहार गरेका थिए ।

उजुरीका आधारमा आरोपितलाई  गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर कञ्चन तामाङ्गले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २६ गते भीम अस्पताल, भैरहवामा गरिएकोे छ ।

यसैगरी, १४ बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय  र १७ वर्षीय बालकलाई भदौ २७ गते गाउँघरबाट गिरफतार गरेको छ ।

पीडितलाई आरोपितद्वयले भदौ २४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ २७ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका थिए ।

पीडित साइकलमा एक्लै घर जाँदै गरेको अवस्थामा आरोपितले बाटो छेकेर यौन दुर्व्यवहार गरेको पीडित पक्षले बताए ।

उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङ्गले फोन मार्फत बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २६ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

 


रीमा बिसी