यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

   ०८० भदौ २० गते

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१५ का ४० वर्षीय प्रविण अग्रवालाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० भदौ १९ यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, धरानमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, धरानका डिएसपी नवराज मल्लले बताउनु भयो ।

आरोपित धरान उपमहानगरपालिका–१५ स्थित केके इन्टरनेश्नल स्कूलका सञ्चालक समिति अध्यक्ष रहेको प्रहरीको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा भदौ २० गते गरिएको छ ।


जयकृष्ण यादव