यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै तिलागुफा नपा-४ का २८ वर्षीय लक्ष्मण शाही र सोही ठाउँका २५ वर्षीय दिपेन्द्र शाहीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १५ गते उजुरी दिएको छ ।
पीडितका आफन्तले दिएको उजुरी दर्ता गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी सुवासचन्द्र बोहोराले बताए ।
पीडितलाई आरोपितद्वयले मङ्सिर १४ गते मोटरसाइकलमा राखेर जङ्गलमा पुर्याई यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार मङ्सिर १५ गते जिल्ला अस्पताल कालिकोटमा भएको प्रहरीले जनाएको छ ।
पीडित पक्षले उजुरी दिएपनि आरोपित दुवै फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बोहोराले बताए ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…