यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई  यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका-६ का ५० वर्षीय गोविन्द श्रेष्ठलाई भदौ १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० असार १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि पाँचखपन नगरपालिका-६ वाना बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।

आरोपित पाँचखपन नगरपालिका-६ स्थित वाना उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष रहेको प्रहरीको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ८ गते गरिएको छ ।


भविन कार्की