यौन दुर्व्यवहार घटनाका आरोपित शिक्षक गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कार्यरत २९ वर्षीय शिक्षक बिरेन्द्रप्रसाद जोशीलाई भदाै ३ गते गिरफ्तार गरेको छ ।
बलिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै विरोधमा उत्रिएका आक्रोसित विद्यार्थी र पीडित पक्षले भदाै ३ गते विद्यालय परिसर भित्रै आरोपित जोशीलाई कुटपिट गरी घाइते बनाएका थिए ।
कुटपिटबाट टाउँकोमा चोट लागि घाइते हुनु भएका जोशीको महाकालि प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि धनगढीस्थित निसर्ग अस्पतालको आइसियू कक्षमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर हर्षबहादुर चन्दले बताउनु भयो ।
शिक्षक जोशीले साउन ३१ गते यौन दुर्व्यवहारको प्रयास गरेको पीडित बालिकाको आरोप छ । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिनु भएकोले घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर चन्दले बताउनु भयो ।
विद्यालय सञ्चालनको समयमा भिडभाड बढी भएकोले सिडिमा चढ्दै गर्दा शिक्षक जोशीको कुहिनो बालिकाको शरीरमा ठोकिएको र यौन दुर्व्यवहार नभएको विद्यालयका प्रधानध्यापक कृष्णसिंह बोहराले बताउनु भयो ।
शिक्षक जोशीको चलित्र हत्या गर्ने कार्य भएको र विद्यालय परिसर भित्रै प्रवेश गरेर शिक्षक जोशीलाई कुटपिट समेत गरिएको भन्दै घटनामा संलग्नहरुलाई कारबाहीको मागराखि विद्यालय प्रशासनले साउन ४ गते प्रेश विज्ञप्ति जारी गरेको छ ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…