यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८० जेठ १२ गते

१३ वर्षीया बालिकालाई अनलाइमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा–१९ पुरनचौरका २१ वर्षीय मनीष भुजेललाइ प्रहरीले जेठ ८ गते पोखराबाट गिरफ्तार गरेको छ ।

भुजेलले सामाजिक सञ्जाल स्न्याप च्याट र भाइबरमार्फत पीडित बालिकासँग अश्लील कुराकानी तथा भिडियो च्याट गरी रेकर्ड गर्ने र पीडितले उनले भने अनुसारको कार्य गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाएको भन्दै पीडितका बुवाले  जेठ २ गते साइबर व्यूरोमा उजुरी दिनुभएको थियो ।

प्रहरी प्रधान कार्यालय साइबर व्यूरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा भुजेललाई गिरफ्तार गरेको साइबर व्यूरो प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिनु भयो ।

उजुरी पछि आरोपितलाई गिरफ्तार गरि  आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको व्यूरोका प्रवक्ता रायले जानकारी दिनु भयो ।


नारायण केसी