यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजविराज नपा-४ का २५ वर्षीय अकबर शेषलाई असोज ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असोज ३१ गते उजुरी दिएकी थिइन् ।

पीडित पक्षले मौखिक उजुरी गरेको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए । पीडित पक्षले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयमा असोज ३१ गते दर्ता गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा असोज ३० गते राति नै गरिएको प्रहरीले जनाएको छ ।


मनोहरकुमार पोखरेल