यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८० जेठ ७ गते

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २९ वर्षीय प्रहृलाद राईलाई जेठ ६ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०८० वैशाख १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १८ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई अनुसन्धानका लागि जेठ ६ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोमनराज अर्यालले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १८ गते गरिएको छ ।


तारानाथ फुयल