यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामुखी गाउँपालिका-७ का ३५ वर्षीय डिल्ली प्रसाद कँडेलविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० वैशाख २९ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई विद्यालय क्यान्टिन सञ्चालक कँडेलले वैशाख २७ गते यौन दुर्व्यवहार गरेपछि पीडित परिवारले उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवम् इन्सपेक्टर धर्मजंग थिङले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २९ गते धादिङ अस्पतालमा भयो ।

आरोपितलाई सोही दिन गिरफ्तार गरी कानुनी प्रक्रिया अघि बढिसकेको इन्सपेक्टर थिङले बताउनु भयो ।


सीताराम अधिकारी