यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८० वैशाख १८ गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला सत्यवती गाउँपालिकाका ४० वर्षीय परशुराम भण्डारीलाई वैशाख १५ गते बुटवलबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले बैशाख १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले वैशाख १५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको थियो ।

पीडित परिवारका अनुसार गाडी चालक रहेका आरोपितले गुल्मीबाट देवदह खैरनी जान भनी गाडीमा आएकोमा बाटोमा आउँदा जंगलतीर लगेर यौन दुर्व्यवहार गर्नेक्रममा देवदह नपा– ४ का वडा अध्यक्षले देखेर उद्धार गरी प्रहरीलाई खबर गरेका थिए ।

उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

 


रीमा बिसी