यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ चैत १६ गते

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका–५ का १२ वर्षीय, १४ वर्षीय र १६ वर्षीय बालकलाई ०७९ चैत १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले ०७९ चैत ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरू चैत १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितहरूले बालिकालार्ई प्रलोभनमा पारी यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाकी ४२ वर्षीया आमाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १४ गते गरिएको छ ।


तारानाथ फुयल