यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका-१ श्री राम जानकी बालआश्रम संरक्षक रहेकी सावित्री टण्डनको पति कृष्ण टण्डनविरुद्ध पीडितले ०७९ चैत ७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी छिन् ।
आश्रममा ‘बुबा’ भनी मानेको व्यक्तिबाटै आफू यौन दुर्व्यवहारको शिकार बनेपछि बालिकाले आफै उपस्थित भएर चैत ७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी हुन् ।
०७९ कात्तिक महिनाबाटै आश्रमममा रहेका कृष्ण टण्डनले पटक पटक यौन दुर्व्यवहार गरेको र अति नै भएपछि फागुन १८ गते आश्रम छोडेर हिँडेको पीडित बालिकाले बताएकी छन् ।
आश्रम छोडेको भोलिपल्ट नै स्थानीय बालकल्याण समितिअन्तर्गत भरतपुर महानगरको सामाजिक विकास महाशाखामा लिखित निवेदन दिएको उनले बताइन् । उनी विगत ११ वर्षदेखि उक्त आश्रममा संरक्षित थिइन् ।
आफू लगायत समान उमेर समूहका अन्य साथीहरूलाई पनि टण्डनले यौन दुर्व्यवहार गरेको उनले बताइन् । जुन सुकै समयमा पनि आफू र अन्य साथीहरूमाथि समेत दुर्व्यवहार हुने गरेको उनको भनाइ छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ७ गते भरतपुर अस्पतालमा गरियो ।
आरोपितलाई चैत ६ गते नै गिरफ्तार गरेको जिल्ला प्रहरी प्रवत्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।
उजुरी आएको र कानुनी प्रक्रिया अघि बढिसकेको पण्डितले बताउनु भयो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन
पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नु…
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…