यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ चैत ५ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार र गरेको आरोपमा कास्की प्र्रहरीले एक जना बालकलाई चैत ५ गते गिरफ्तार गरेको छ ।

बालिकाले आफूमाथि भएको यौन दुर्व्यवहारको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि पीडित बालिका र अभिभावकसँग प्रहरीले सम्पर्क गरेको थियो । पीडित पक्षले ती बालक विरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा चैत ५ गते उजुरी दिएपछि बालकलाई गिरफ्तार गरिएको हो ।

बालिकाको स्वास्थ्य परीक्षण चैत ५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको छ ।

आरोपित बालकलाई बाल यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार वि.क.ले जानकारी दिनु भयो ।

 


नारायण केसी