यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ फागुन ३० गते

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी धरान उपमहानगरपालिका–१५ का ५० वर्षीय विशाल शाक्यलाई फागुन २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७९ फागुन २२ यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २२ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि फागुन २८ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा फागुन २२ गते गरिएको छ ।


जयकृष्ण यादव