यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
दुई वर्षीया बालिकालाई फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिकाका ६८ वर्षीय पुरुषलाई फागुन १५ गते आरोपितकै घरबाट गिरफ्तार गरेको छ ।
बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमले फागनु १४ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
फागुन १२ गते साँझ आफू घरबाट टाँढा रहेको धारामा भाँडा धुन गएको अवस्थामा बालिकामाथि यौन दुर्व्यवहार भएको पीडित बालिकाकी आमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
भाँडा धोएर घर फर्किंदा आरोेपितले बालिकालाई काँखमा राखेर यौन दुर्व्यवहार गरिरहेको अवस्थामा देखेपछि बालिकालाई आरोपितको काँखबाट खोसेको पीडित बालिकाकी आमाको भनाइ रहेको छ ।
घटना लगत्तै स्थानीयहरुलाई जानकारी गराएको र आरोपित पक्षले घटना गाउँमै मिलाउन समेत दवाप दिएको पीडितकी आमाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १४ गते जिल्ला अस्पताल, सिमखेतमा गरिएको डिएसपी भण्डारीले बताउनु भयो ।
पीडित बालिका र बालिकाकी आमालाई हाल सदरमुकामस्थित अल्पकालिन महिला सुरक्षा आवास गृहको संरक्षणमा राखिएको छ । घटनाका आरोपित बालिकाकै नातेदार पर्ने समेत प्रहरीले जनाएको छ ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…