यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १८ वर्षीय निरज चौधरी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा असोज १८ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई भारत बेतिया घर भई हाल पञ्चकन्या-२ मा घर निर्माण कार्य गर्दै आएको चौधरीले असोज १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मौखिक उजुरीका आधारमा आरोपितलाई असोज १७ गते गिरफ्तार गरेको थियो ।

चौधरी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको इन्स्पेक्टर कैलाश भट्टराईले जानकारी दिए । आरोपित र पीडित दुवै जनाको जिल्ला अस्पतालमा असोज १७ गते स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जानकारी दिएको छ ।


नवदीप श्रेष्ठ