यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ १९ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् ।

आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी बालिकाको संवेदनशील अंगमा हात हालेर दुर्व्यवहार गरी फरार रहेका आरोपितलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

घुम्ती पसलमा हरहिसाब हेर्दै गरेको बेला आरोपितले माघ ८ गते यौन दुर्व्यवहार गरेर फरार भएको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा माघ ९ गते उजुरी दिनुभएको थियो । संवेदनशील अंगमा हात हालेर दुर्व्यवहार गर्दा बालिकाले रुन कराउन थालेपछि आरोपित फरार भएको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा माघ १० गते भयो ।


मनोहरकुमार पोखरेल