यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ ५ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा जिल्ला बिरगन्ज महानगरपालिका–२२ घर भई ललितपुर महानगरपालिका–१५ हात्तीवन बस्ने ५० वर्षीय कजय बम मल्ललाई प्रहरीले ०७९ माघ ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ललाइ फकाइ निवासमा गई पुस २९ गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले माघ २ गते जिल्ला प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

घटनापछि लुकीछिपी हिँडेका आरोपितलाई उनकै निवासबाट गिरफ्तार गरी ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर जावलाखेलका एसपी प्रवीण पोखरेलले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ३ गते नै पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।


दीपकप्रसाद घिमिरे