यौन दुर्व्यवहार घटनाका आरोपितलाई ६ वर्ष कैद सजाय फैसला

  ०७९ पुस २६ गते

१५ वर्षीया छोरी नाता पर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा बरेङ गाउँपालिका–३ का ३५ वर्षीय पुरूषलाई ६ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको ०७९ पुस २५ गतेको अन्तिम आदेशले आरोपितलाई कैद सजायसँगै २० हजार रुपैयाँ क्षतीपूर्ती फैसला भएको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।

२०७८ भदौ १७ गते बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले ०७८ कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कात्तिक २२ गते गिरफ्तार गरी मङ्सिर २१ गते जिल्ला अदालत बागलुङमा मुद्दा दर्ता गरेको थियो ।

तत्कालिन जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको मंसिर २२ गतेको आदेशले आरोपित पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा राखिएको थियो ।


सिर्जना पन्त