यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ असोज ६ गते

३१ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा हेलम्बु गाउँपालिका–२ किउलका ६७ वर्षीय उमानाथ भण्डारीलाई प्रहरीले ०७९ असोज ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई ०७९ भदौ ३१ गते बिहान घास काट्न घर नजिकै बारीमा गएका बेला यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडितले ०७९ असोज २ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा आरोपित भण्डारीविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव बुढाथोकीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको थियो ।


नातिबावु धिताल