यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ भदौ ९ गते

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–१ का ६१ वर्षीय कैलाश पोमु लिम्बूलाई भदौ ८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ८ गते विद्यालयबाट घर फर्किदै गरेको अवस्थामा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ९ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको इन्स्पेक्टर कुशराम कार्कीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ९ गते गरिएको छ ।


देवराज गुरुङ