यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन २९ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले रघुगङ्गा गाउँपालिका–८, चौरखानीका १८ वर्षीय तिर्सन छन्त्याल र २७ वर्षीय वीरबहादुर छन्त्याललाई साउन २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २७ गते दिएको उजुरीका आधारमा दुवै जनालाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजन ढकालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २७ गते बेनी अस्पतालमा गरिएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जितेन्द्र कँडेलले बताउनु भयो ।


अमृतप्रसाद पौडेल