यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन २८ गते

१३ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–१ रत्नेचौरका ६६ वर्षीय खुमनाथ शर्मालाई साउन २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालकलाई आरोपितले साउन २५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले आरोपित शर्मालाई सोही दिन गिरफ्तार गरेको जनाएको छ ।

प्रहरीले मुलुकी अपराध संहिताको करणीसम्बन्धी कसुर अन्तर्गत दफा २२६ को व्यवस्था बमोजिम अप्राकृतिक मैथुन गर्न नहुने शीर्षकमा सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर राजन ढकालले बताउनु भयो ।

पीडित बालकको स्वास्थ्य परीक्षण साउन २५ गते बेनी अस्पतालमा गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जितेन्द्र कँडेलले बताउनु भयो ।


अमृतप्रसाद पौडेल